बेलायतमा धीरजलाई बेस्ट प्रोफेसनल्ली ड्रेस अवार्ड

काठमाडौं,
साउन २७ ।

इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित हुनुभएको छ । बेलायतस्थित एपेक्स हेल्थ केयर सेन्टरले उहाँलाई ‘वेष्ट प्रोफेशनली ड्रेस्ड’ विधाको अवार्ड प्रदान गरेको हो ।

सन् २००० देखि मोडलिङ क्षेत्रमा सक्रिय तण्डुकारले २००१ मा ‘मिस्टर काठमाडौं’को उपाधि जित्नुभएको थियो । उहाँले स्थापना गरेको इभेन्ट बेटर ग्यालेक्सीमार्फत करिब २४ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिता, फेशन शो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।

एक वर्षदेखि परिवारसहित बेलायतमा बस्दै आउनुभएका तण्डुकारले त्यहाँ नेपाली कला, संस्कृति र फेशन प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिइरनुभएको छ । उहाँले लण्डनमा नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी स्थापना गरी विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार