‘द राइज अफ साम्राज्य’ मा जोडिए दयाहाङ

काठमाडौं,
साउन २७ ।

निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गर्नुभएको छ । यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्ध भइसक्नु भएको छ ।

दयाहाङ र सौगातको जोडीले ‘लुट’बाट चर्चा पाएपछि यी दुईलाई एउटै चलचित्रमा देख्न दर्शक उत्साहित हुने अपेक्षा निर्माण पक्षको छ । निर्देशक चौधरीले चलचित्रमा दयाहाङलाई फरक चरित्रमा प्रस्तुत गरिने बताउनुभएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेख्नुभएको हो । ‘एपिक एक्सन ड्रामा’का रूपमा निर्माण हुने चलचित्रलाई ठूलो क्यानभासमा खिचिने निर्देशक चौधरीले बताउनुभयो ।

चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुने र करिब ७० दिनको छायांकन तालिका रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालमा हुनेछ । प्रवेश चौधरी र नीला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार