काठमाडौं,
साउन ४ ।
स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘बम्पर चिठ्ठा’को थिम पोष्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । निर्देशक बिक्की महर्जनको निर्देशन रहने चलचित्रका निर्माता अमित अग्रहरि र निशा गुइदे हुनुहुन्छ ।
नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्यसहित निर्माण हुनलागेको चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च भाषामा तयार गरिने जनाइएको छ । निर्माण पक्षका अनुसार चलचित्र अमेजन प्राइम भिडियोमार्फत विश्वका २४० भन्दा बढी देशमा प्रदर्शन गरिनेछ ।
चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेख्नुभएको हो । कलाकार तथा प्राविधिक टोलीबारे जानकारी भने पछि सार्वजनिक गरिने जनाइएको छ । यसअघि यही टिमले निर्माण गरेको चलचित्र ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडियोमार्फत प्रदर्शनमा आउनेछ ।






