दीपक शर्माको संगीत र चार गायिकाको स्वरमा ‘नौरती फुली’ (भिडियोसहित)

काठमाडौं,
साउन ४ ।

एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको स्वरमा सजिएको नयाँ तीज गीत ‘नौरती फुली’ सार्वजनिक भएको छ । एलिना चौहानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै राम्रो भ्यु बटुल्दै दर्शक-श्रोतामाझ लोकप्रियता हासिल गरेको छ ।

दीपक शर्माको शब्द तथा संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको गीतलाई मौलिक तीजको स्वाद झल्काएको भन्दै सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । पछिल्ला वर्षमा तीज गीतमा देखिएको भड्किलो प्रस्तुतिभन्दा फरक रूपमा नेपाली संस्कृति र तीजको वास्तविक भाव प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । सार्वजनिक गीतको भिडियोमा स्मारिका ढकाल, जुना सुन्दास, सञ्चिता बोल्खे र रीना थापासँगै चारै गायिकाको पनि आकर्षक प्रस्तुति रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार