‘नेपहपको श्रीपेच-३’का उत्कृष्ट १० प्रतिस्पर्धी छनोट

काठमाडौं,
साउन १ ।

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच-३’का उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । टप-१० मा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी पर्नुभएको छ ।

हजारौँ सहभागीबाट डिजिटल तथा पोखरा, बुटवल, इटहरी, काठमाडौं र भारतको सिलिगुडीमा सम्पन्न अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरूले विभिन्न चरण पार गर्दै उत्कृष्ट १० मा स्थान बनाएका हुन् । आयोजकका अनुसार उनीहरूले फरक शैली, सिर्जनात्मक लेखन र प्रभावशाली प्रस्तुतिमार्फत निर्णायक तथा दर्शकको मन जितेका छन् ।

दामी मिडियाले निर्माण गरिरहेको ‘नेपहपको श्रीपेच-३’ हरेक मंगलबार र बुधबार एपी वान टेलिभिजन तथा ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको छ ।

शोका विजेताले १० लाख रुपैयाँ नगद, वर्ल्ड टुर तथा विभिन्न ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्नेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ नगदसहित विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन् । शोमा भ्योमा, मानस घले, यू एन्ड बी र योद्धा निर्णायक हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार