सातै प्रदेश सरकारले आज वार्षिक बजेट ल्याउँदै

काठमाडौं,
असार १ ।

देशका सातवटै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष ०८३/०८४ को वार्षिक बजेट ल्याउँदै छन् । कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन् । संविधानमा संघीय सरकारले जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ ।

त्यसैगरी अन्तरसकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याउने कानुनी व्यवस्था छ ।

संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन् ।

यसमा तपाइको मत

अन्य समाचार