काठमाडौं,
जेठ १५ ।
सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै बजेट २१ खर्ब २४ अर्ब ३४ करोड हुने जानकारी दिनुभयो ।
जसमा पुँजीगततर्फ चार खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ अर्ब विनियोजन गरिएको छ । राजस्व १४ खर्ब चार अर्ब, अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ दुई खर्ब ४७ अर्ब हुने वाग्लेले जानकारी दिनुभयो । जसमा आन्तरिक ऋणतर्फबाट चार खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब हुनेछ ।
यस्तो छ बजेटको पूर्णपाठ
budget-speech-2083_nz9wmgt-1780057747






