प्रेममा परेछु भन्दै प्रदीप (भिडियोसहित)

काठमाडौं,
पौष १२ ।

अष्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, सङ्गीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियामै निर्माण भएको उक्त भिडियोलाई समेत रोमान्टिक शैली कै बनाइएको छ । मोर्डन लभ सङ भनिएको उक्त गीतको भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । सुरेन अष्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित छन् । रिकेश गुरुङ उक्त गीतका सङ्गीत संयोजक हुन् ।

स्याट प्रो ईन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियोका गीतका शब्दहरु झैं रोमान्टिक बनेको छ । अस्टे«लियाका मनोरम दृष्यहरुमा छायांकन गरिएको भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । सपनाको यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा उनीहरुको जोडी वास्तवमै रोमान्टिक देखिएको छ ।

टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको कलर करेक्सन भने काठमाडौंमा गरिएको हो । मोक्ष प्रोडक्सनका प्रवीण श्रेष्ठले भिडियोमा कलर करेक्सन गरेका छन् ।
भिडियोलाई पूनम तथा रायनले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार