देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदै

काठमाडौं,
जेठ १५ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरणमा आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।

यस अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्ने कार्यक्रम रहेको छ ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेताहरूले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

यसैबीच, आजको समारोहलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सम्बोधन नगर्ने हुनुभएको छ । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक संविधानको धारा ६६ को उपधारा ९२० अनुसार राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार