काठमाडौं,
वैशाख १६ ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले आज (बुधबार) ओमानसँग खेल्दैछ। प्रतियोगिता विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आठ टिम सहभागी प्रतियोगितामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ । यस प्रतियोगिताको शीर्ष चार टिमले एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।
पुछारका चार टिमले प्लेअफ क्वालिफायर खेल्नुपर्ने प्रावधान रहेको छ । त्यसैले पनि शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाल घरेलु मैदानमा भइरहेको शृङ्खलाका चारै खेल जित्ने प्रयासमा रहेको छ ।
नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराइसकेको छ । आज पनि ओमानविरुद्धको खेलमा जितको यात्रा कायम राख्ने प्रयास नेपाल रहेको छ । नेपालले २१ खेलमा १४ अङ्क बनाएको छ । ओमान भने २५ खेलमा २९ अङ्क जोडेर तेस्रो स्थानमा छ ।






