लालु यादव दोषी ठहर

भारतको विहार प्रदेशका मुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरिएको छ । उनलाई सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी ठहर गरेको हो ।

यादवलाई दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको छ। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो।

सन् १९९१ देखि १९९४ सम्म देवघर राज्यकोषको ८५ लाख भारतीय रुपैया हिनामिना गरेको आरोप उनीमाथि लागेको थियो। अदालतले जनवरी ३ तारिखमा सजाय तोक्ने बीबीसीले जनाएको छ ।

आफ्‍ना कान्छा छोरा र पूर्वउपमुख्यमन्त्री तेजस्बी यादवसँगै शनिबार बिहान उनी अदालतमा सहभागी भएका थिए। त्यसबेला उनले आफ्ना समर्थकलाई शान्त रहन अपिल गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घोटलामा लालुसँगै १५ जनालाई दोषी करार गरिएको छ। विहारका उपमुख्यमन्‍त्री सुशीलकुमार मोदीले कडा टिप्पणी दिँदै बिउ रोपेअनुसारको फल पाएको बताए।

यसमा तपाइको मत

अन्य समाचार