रङ्गहरूको पर्व होली आज पहाडी तथा हिमाली भूभागमा मनाइँदै

काठमाडौं,
फागुन १८ ।

रङ्गहरूको पर्व फागु अर्थात् होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको छ ।

रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ्ग र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि सुरु हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार