कालिकोटको नाग्म र दैलेखको डाबामा इन्भेष्टमेण्ट बैङ्कको शाखा विस्तार

काठमाडौं,
पौष ६ ।

नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.ले कालिकोटको नाग्ममा ६२औं र दैलेखको डाबमा ६३औं शाखा विस्तार गरेको छ । यसअघि यी दुबैं स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार आर्थिक कारोबार बढी हुन थालेकाले शाखाको रुपमा रुपान्तरन गरिएको हो । यी दुई शाखासहित सुर्खेत र जुम्लागरि अब प्रदेश नम्बर ६ मा नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.को चार वटा शाखा पुगेको छ ।

वाणिज्य बैङ्कहरुमध्ये एकमात्र नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.को शाखा रहेको तिलागुफा नगरपालिकाको नाग्म बजार जुम्ला, कालिकोट र मुगु आवत जावत गर्ने सडक सञ्जाल भएको मुख्य क्षेत्र हो । दैलेखको आठविश नगरपालिमामा रहेको डाबमा पनि अहिलेसम्म कुनै पनि वाणिज्य बैङ्कको शाखा नभएकाले नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.ले शाखा खोली आर्थिक कारोबार सुरु गरेको छ ।

बैङ्ले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैङ्किङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैङ्कको उदेश्य रहेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैङ्ककोे हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैङक लि.को ५४ वटा शाखारहित बैङ्किङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैङ्कका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६३ अर्ब रहेको यस बैङ्कको हाल निक्षेप रु. १३१ अर्ब तथा कूल कर्जा लगानी रु. १०७ अर्ब पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.ले ‘दि बैङ्कर’, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैङ्क अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ए वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार