आज स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौं,
माघ १८ ।

हिन्दू धर्मावलम्बीहरूले एक महिना लामो स्वस्थानी व्रत आज (आइतबार) समापन गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक व्रत कथा पढ्ने र सुन्ने परम्परालाई निरन्तरता दिँदै आएका भक्तजनहरूले आज व्रतको अन्तिम दिन विभिन्न पवित्र स्थलहरूमा पूजा-अर्चना गर्दै समापन गर्दै छन् ।

समापनमा काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट र भक्तपुरको हनुमानघाटमा बिहानैदेखि व्रतालु र भक्तजनको भिड लागेको छ । यहाँ भक्तजनहरूले पारम्परिक रूपमा माधवनारायणको जलप्रसाद ग्रहण गर्दै व्रत समापन गर्ने गर्दछन् ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँछन् ।

यसमा तपाइको मत

अन्य समाचार