काठमाडौं,
पुस २४ ।
चलचित्र ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोस्टरपछि यसको निर्माण पक्षले ‘धौले धन्सार’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर सुन्न सकिन्छ । डा. अशाबहादुर तामाङको शब्द रहेको गीतमा पुष्कर सुनुवारले संगीत छ ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमको साथमा नवनायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न सकिन्छ । गीतको भिडिओलाई रामजी लामिछानेले कोरियोग्राफी गर्नुभएको हो ।
कुबेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन सन् २०२६ लाई तोकिएको छ । चलचित्रमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । स्याडो रियलको कथा रहेको चलचित्रमा रामकाजी घिमिरेको पटकथा र संवाद रहेको छ ।
राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको डीओपी तथा बनिष शाह र नवीन चौधरीको सम्पादन रहेको यो चलचित्रले दाजुभाइको कथा भन्छ । चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।







