सोनीयाले गरिन अवकासको घोषणा

एजेन्सी ।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकासको घोषणा गरेकी छन् ।
आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उनले शुक्रबार घोषणा गरिन् ।

‘अव मेरो भूमिका अवकास पाएपछिको जस्तो हुन्छ’, इटालीमा जन्मेकी ७१ बर्षीया गान्धीले दिल्लीमा सञ्चार माध्यमहरूसँगको कुराकानीमा भनिन ।

भारतको निकै पुरानो पार्टी काङ्ग्रेसमा उहाँले अबदेखि कुनैपनि कार्यकारी जिम्मेवारी नलिने भएकी छन् ।
बर्हिगमन हुदैगरेकी काङ्ग्रेस प्रमुख गान्धीले ४७ बर्षिय आफ्ना छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिन् ।

गत तीन बर्ष देखि पार्टीको सक्रिय भूमिकामा रहेकोले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनीयाको दावी छ ।

पार्टीका अहिलेका उपाध्यक्ष राहुलले शनिबार विशेष समारोहकाबीच अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । निर्वाचन भएको पाँच दिनपछि उनले जिम्मेवारी सम्हाल्न लागेका हुन ।

कांग्रेसको सवैभन्दा माथिल्लो पदका लागि चार दिन पहिले भएको निर्वाचनमा राहुल बाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वा्चित भएको घोषणा गरिएको थियो ।

भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजिव गान्धीकी धर्मपत्नी सोनीया गान्धी गत तीन बर्षदेखि बिरामी भएपछि पटक पटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् ।

सन् २०११ मा उनि उपचारका लागि अमेरिका गएकी थिइन् । तर उनकोे स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन ।

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरु परिवारकी उनि एक उत्तराधिकारी हुन् । नेहरु परिवारले सन् १९४७ देखि भारतमा लामो समय सम्म शासन गरेको छ ।

अध्यक्ष सोनीयाले गत २० बर्षदेखि काङ्ग्रेसको नेतृत्व गरिन् । उनको कार्यकालमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काङ्ग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार