वसन्त वित्यासी थापाको नेतृत्वमा गीतकार संघ

काठमाडौं,
माघ १ ।

वसन्त वित्यसी थापा गीतकार संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा समपन्न भएको गीतकार संघको १३औं साधारणसभा तथा छैटौं अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई ‘शिव’, सचिव शित्तल कादम्बिनी र कोषाध्यक्षमा चेतन खतिवडा निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यामा कमल पौडेल, राधा पाण्डे गिरी, जीवन मुकारुङ, भगवती रोक्का ‘भूमिका’, तिव्बतबहादुर दर्लामी र सुरेन्द्र थपलिया निर्वाचित हुनुभएको छ । उपाध्यक्ष र महासचिवमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्वारोध भएको थियो । उपाध्यक्षमा विपिन किरण र महासचिवमा महेश आचार्यले उम्मेदवारी दिनुभएको थियो ।

गीतकार संघको अध्यक्षमा निर्वाचित भइसकेपछि थापाले आफूमा एतिहासिक जिम्मेबारी आएको बताउँदै आफ्नो कार्यकालमा संस्थाको गरिमालाई अझ उच्चो बनाउन सक्दो प्रयास गर्ने बताउनुभयो । ‘अग्रज तथा अनुज गीतकारहरूले ममाथि ठूलो भरोसाले मलाई गीतकारको अध्यक्ष जस्तो गरिमामय जिम्मेबारी सुम्पनु भएको छ म आफ्नो ठाउँबाट यस संस्थाको गरिमालाई अझ उच्चो बनाउन हर पल लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार