सिनेमाघरमा ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’

काठमाडौं,
भदौ ३ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् ‘कृष्ण लीला’,‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । ‘

दीपक वलीको निर्देशनमा तयार रहेको चलचित्र ‘कृष्ण लीला’मा पुष्प खडका र श्रद्धा क्षेत्री मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्र प्रेमकथामा आधारित छ ।

चलचित्र ‘माइकल अधिकारी’का प्रस्तुतकर्ता उद्धव पौडेल हुनुहुन्छ भने चलचित्रमा सृष्टि श्रेष्ठ र सौगात मल्लले जोडीको भूमिका निर्वाह गर्नुभएको छ । रञ्जित रौनियार निर्देशित चलचित्रले सरोगेसीको विषयवस्तु पेश गर्छ ।

यस्तै, परिच्छेद सेनको लेखन तथा निर्देशिन रहेको चलचित्र हो ‘प्रेमगञ्ज’ । चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार