टेक्सास,
जेठ १५ ।
अमेरिकाको टेक्सास स्थित युलेस सिटीमा पछिल्लो समय नेपालीहरूको बाहुल्यता बढेको छ । अध्ययन तथा कामको सिलसिलामा टेक्सास पुग्ने नेपालीहरूले युलेसलाई आफ्नो गन्तव्य बनाउने गरेका छन् ।
परदेशमा समेत मातृभूमिको स्वाद पस्किने प्रयाससहित युलेसमा पछिल्लो एक वर्षदेखि ‘ठमेल बियर गार्डेन’ले टिपिकल नेपाली स्वाद पस्किदै आइरहेको छ । परदेशमा मातृभूमिको स्वाद पस्किने परिकल्पनालाई साकार बनाउँदै व्यवसाय सञ्चालन गरेको सञ्चालिका उर्मिला ढकालले बतउनुहुन्छ ।
चितवनको भरतपुर महानगरपालिका १० स्थायी ठेगाना हुनुभएकी ढकाल र उहाँका केही साथीहरू मिलेर ‘ठमेल बियर गार्डेन’ रेस्टुरेन्ट सञ्चालन गरिएको हो । नेपाली स्वाद पस्किदैं आएको रेस्टुरेन्टले आगामी जुन ४ मा विशेष कार्यक्रमको समेत आयोजना गरेको छ ।
पूर्व मिस नेपाल शृङ्खला खतिवडाको प्रमुख आतिथ्यतामा डिजे डीआईडीको सङ्गीतका पारखीहरूले झुम्न पाउने छन् । स्थानीय समय अनुसार साँझ ७ बजेबाट सुरु हुने कार्यक्रममा स्पेशल नेपाली खानाका परिकार ‘नेपाली थाली’ सेटको स्वाद लिन पाउने छन् भने चाउमिन, मम, सेकुवा, मटन, तास लगायतका परिकारको पनि स्वाद लिन पाइने आयोजकले जनाएको छ ।यस्तै पूर्व मिस नेपाल खतिवडाको साथमा बसेर डिनर तथा लञ्च गर्न सकिने बताइएको छ ।
ढकालले प्राप्त गरेको सफलतालाई महत्त्वपूर्ण मान्नुपर्छ । विदेशमा बसेर पनि आफ्नै बलबुतामा आफ्नो स्वदेशी पहिचानको संरक्षण गर्दै व्यवसाय सञ्चालन गर्ने कुरा अरू ढकाल जस्तै महिलाहरूका लागि प्रेरणाको स्रोत हुने सञ्चालिका ढकालको विश्वास छ ।
परदेशम रहेर पनि नेपाली मौलिक स्वादको अन्तर्राष्ट्रियकरण गर्दै गरेकी एक नारीको सफलतालाई हौसला प्रदान गर्न उक्त कार्यक्रममा सहभागी हुन लागेको पूर्व मिस नेपाल खतिवडाको भनाइ छ ।






