थप २५ सय २६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

काठमाडौं,
माघ २१ ।

शुक्रबार थप २५ सय २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको मा ६ हजार ६५५ नमुनाको पिसिआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ । पछिल्लो समय देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् ।

संक्रिय संक्रमति मध्ये ५५ हजार ९० होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा शुक्रबार थप ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार कास्कीमा १०२, मोरङमा ८५, चितवनमा ६२, सुनसरीमा ५७, झापामा ४०, रुपन्देहीमा ३८, मकवानपुरमा ३२, बाँकेमा २७, बागलुङमा २५, काभ्रेपलाञ्चोकमा २४, नवलपरासी पुर्वमा २१ र बारामा २० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण आठ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

थप १६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७९४पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार