रानाहँछा समाज काठमाडौंको आयोजनामा विभिन्न प्रतिष्ठानको छात्रवृत्ति प्रदान

काठमाडौं,
मंसिर २२ ।

रानहँछा समाज, काठमाडौंले हालै काठमाडौंमा एक भव्य समारोहको आयोजना गरी आफ्ना पाछाभित्रका प्रतिभा तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत साथै छात्रवृत्ति प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड-१९)का कारण विगत दुई वर्षदेखि स्थगन भएको उक्त कार्यक्रम हालै राजधानीको कोटेश्वर स्थित सुमनिमा हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा मूल आयोजक संस्था रानाहँछा समाजद्वारा पुज्य पुर्खाको नाममा स्थापित ‘जितासिंह छात्रवृत्ति २०७६’ (सरकारी विद्यालयतर्फ) एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सरस्वती मावी दिक्तेलमा अध्ययनरत दि.रु.म.नपा.९ लामाखु खोटाङका छात्र शिवनारायण राईलाई प्रदान गरियो भने २०७७ को छात्रवृत्ति श्रीजनता सकेण्डरी स्कुल, उदयपुरमा अध्यनरत वीरेद्रबजार, उदयपुरका छात्र सोनम राईलाई प्रदान गरिएको थियो ।

सोही समारोहमा ‘बालाजित वसनलक्ष्मी राई प्रतिष्ठान’ले पनि सरकारी विद्यालयमै अध्ययनरत जेहेन्दार तथा क्षमतावान छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरेको थियो । यस प्रतिष्ठानबाट श्रीमनकामना जनकल्याण मावी, लामाखु, खोटाङमा अध्ययनरत छात्र प्रज्ज्वल राईलाई २०७६ को छात्रावृत्ति प्रदान गरिएको थियो भने सोही विद्यालयमै अध्ययनरत छात्रा झरना राईलाई २०७७को छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसैगरी ‘जुक्तिमान स्वणप्रभा राई प्रतिष्ठान’ले समेत नीजि स्कुलतर्फ एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो । प्रतिष्ठानले पारागन पब्लिक मावि, बतिसपुतली, काठमाडौंमा अध्ययनरत छात्रा सुमिना राईलाई २०७६को छात्रावृत्ति प्रदान गरेको थियो भने २०७७ को छात्राबृत्ति ओसिस इग्लिस स्कुल, सुनाकोठी, ललितपुरमा अध्ययनरत धरान-१६, वृहस्पति मार्गका छात्र निश्चल राई साथै दिक्तेल इंगलिस सकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत छात्र दि.रु.म.नपा.-१४ कुसुङखा, खोटाङका न्युसन राई लाई प्रदान गरिएको थियो ।

यस्तै सोही समारोहमा ‘मन्दत मनरानी राई प्रतिष्ठान’द्वारा यसवर्ष गीत सङ्गीत क्षेत्रका प्रतिभा दि.रु.म.नपा.-१४ कुसुङखा, खोटाङका गायक सचिन राई (रानाहँछा)लाई ‘मन्दत मनरानी प्रतिभा पुरस्कार२०७७’ प्रदान गरिएको थियो ।

कार्यक्रममा भ्योइसअफ नेपाल सिजन-३ का टप फाइन्लिसट गायक ज्वाला राईलाई समेत सम्मान गरिएको थियो भने  संस्थालाई स्थापनाकालदेखि हालसम्म विभिन्न माध्यमबाट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई कदर-पत्र प्रदान गरिएको थियो । छात्रवृत्ति, पुरस्कार तथा कदर-पत्र प्रमुख अतिथि जुक्तिमान राई साथै प्रतिष्ठानका संरक्षकहरू स्वणप्रभा राई, ललितबहादुर राई, शान्ति राई तथा तिलक राईले प्रदान गर्नुभएको थियो ।

सचिव तविन्द्र राई तथा उदय राईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष चन्द्रकुमार राई, जुक्तिमान राई, ललितबहादुर राई, तिलक राई  लगायतले संस्था तथा आ-आफ्ना प्रतिष्ठानको उद्देश्यबारे मन्तव्य राख्दै पुरस्कृत प्रतिभा एवम् विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार