कविता : लोग्नेमान्छे

✍️ सामना साह
काठमाडौं,
भदौ २३ ।

सम्पुर्ण बुबा दाईहरुमा समर्पित

उ झस्कन्छ,
जब बेजोडले शीत भुइँमा पोखिन्छ
तर,
आफू पोखिदा उसले ऎया भन्नू हुँदैन
किनकी उ लोग्ने मान्छे हो
उसलाई दुख्दैन

राता गुलाफहरूले एकहोरो हेर्दा
उ रातै हुन्छ,
लालीगुराँसले एक्कै छिन हेर्दापनि
उ लजाउछ
तर,
उसले कसैलाई एकहोरो हेर्नू हुँदैन
किनकी उ लोग्ने मान्छे हो
उसका नजर अश्लील हुन्छन्

बतासले सुसेल्दा नाचौ भन्छ उ पनि
हावाको स्पर्शले काउकुती लाउछ उसलाई
तर,
उ हास्नु हुँदैन
किनकि उ लोग्नेमान्छे हो
उसको खुशी जुठा हुन्छन्

हो यस्तै हुन्छन् लोग्नेमान्छे !
लाज बाहेक धेरै लुकाउनुपर्छ उनिहरूले

खिसिक्क हास्न हुँदैन
ठुसुक्क बस्न हुँदैन
धुरुक्क रुन हुँदैन

त्यसैले त
बा को थाप्लोमा नाम्लो कसेर
सन्तानका रहरहरू मच्चिन पाउछन्
किनकि,
बा लोग्ने मान्छे हुन्
यी बलिया हुन्छन्

आमा,
तिमी प्रसव पीडा का दुःख धेरै गाउछेउ
योनि च्यात्तिएको कथा धेरै पढाउछेउ
हेर त !
बा का हत्केला कहिल्यै नजोडिनेगरी फुटेका छन्
योनि भन्दा हत्केलाका खत
गहिरा हुँदा रहेछन् कहिल्यै नपुरीने

काकी,
तिमी महिनाका पाँच दिन छाउगोठ सर्दा
प्रलय आउँछ, पत्रीकाका छापिन्छ तिम्रो संघर्ष
समाचार बन्छ
हेर त !
काका महिनावारी भएर मरुभूमि नै गीलो बन्छ
अनि केही शितल बोकेर बर्षका पाँच दिन घरमा बिताउछन्
ठुसठुस गनाउने कमिजको गन्ध कसैले लेखेनन्
बिर्सिछु !
काका लोग्नेमान्छे हुन
यिनले महिनावारी बर्षभरी बार्नुपर्छ
लुकाउनुपर्छ पसिनाको को दाग

दिज्जु,
तिमी गुन्यु च्यात्तिदा लाज सम्झन्छेउ
चोलो फाट्दा लाज सम्झन्छेउ
हेर त !
ती ठुल्दाइको खुइलिएको तालुमाथी च्यात्तिएकै टोपी उभिएको छ
बिर्सिछु !
उनी पनि लोग्ने मान्छे हुन्
यिनिह त च्यातिएकै पैताला माथि उभिएका हुन्छन् ।

यसमा तपाइको मत

अन्य समाचार