थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण, ५ हजार ७६८ संक्रमणमुक्त, ८१को मृत्यु

काठमाडौं,
जेठ २६ ।

बुधबार थप चार हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चार हजार ३४४ जनामा सक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

पिसिआर विधिबाट १२ हजार ७४ जना र एन्टिजेन विधिबाट चार हजार ५६८ जनाको परीक्षण गर्दा सो संख्यामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाडौं उपत्यकाभित्र ९१५ जनामा संक्रमण पुष्टी भएको छ । भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौंमा ६७९ जनामा कोरोना संक्रमण देखिएकोे प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय देशभर संक्रिय संक्रमितको सङख्या ८० हजार ३३६ रहेको छ । ४६ जिल्लामा ५०० भन्दाबढी संक्रिय कोरोना संक्रमित छन् ।
नेपालमा कोरोना संक्रमण मुक्त हुनेदर ८५ दशमलव २ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समयसम्म पाँच लाख १० हजार २९८ जना संक्रमित निको भइसकेका छन् । बुधबार देशभर पाँच हजार ७६८ जना संक्रमित निको भएका छन् ।

बुधबार थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्ट भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारणले ज्यान गुमाउनेको संख्या आठ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार