‘उसको त बिहे भयो रे’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ २६ ।

‘उसको त बिहे भयो रे’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रताप दासको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा टिकटक स्टार विजय पुनको शब्द, ऋषि खड्काको सङ्गीत छ तथा विश्वास नेपालको एरेञ्ज छ । भिडियोमा विजयसँगै गीता ढुंगानाको अभिनय छ । भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ । भिडियो विजय पुनको पत्थरको मुटु अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार