रौतहटको गरुडामा प्रहरी टोली र स्थानीयबीच झडप

रौतहट
जेठ २४ ।

निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् । प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गरुडा नगरपालिका-९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार