कपिलवस्तुमा माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार

कपिलवस्तु,
जेठ ६ ।

कपिलवस्तु नागरपालिका-३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेमाथि बुधबार राति एक समूहले गोली प्रहार गरेको छ । अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डेसहित दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी का अनुसार गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दीपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएका छन् ।

तीन जनाको समूहले प्रहार गरेको गोली पाण्डेको पेट र कम्मरमा दुईवटा गोली लागेको छ । पाण्डेको घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने अयाजको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार