एनआरएनए अमेरिकाको महासचिवमा नवराज सुवेदीको उम्मेदवारी

काठमाडौं,
वैशाख १९ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको महासचिवमा नवराज सुवेदीको उम्मेदवारी रहेको छ । दोलखामा जन्मिनुभएका सुवेदी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । विगत तीन वर्षदेखि अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आउनुभएका सुवेदीले अमेरिकामा जाने प्रायःनेपालीलाई आफ्नो क्षेत्रबाट आफूसक्दो सहयोग गर्दै आउनुभएको छ ।

उहाँले बाढी-पहिरो, भूकम्पलगायतका विभिन्न दैविक प्रकोप तथा अन्य समस्यामा परेका नेपालीको लागि आर्थिक सहयोगकसमेत गर्नेगर्नुभएको छ । सहयोगी भावना र कुशल नेतृत्व शैली भएका सुवेदीले आफ्नो नेतृत्वले अमेरिकामा रहेका हरेक नेपालीको समस्यामा साथ दिने दाबी गर्नुभएको छ ।

नेपालीको समस्यासँग प्रत्यक्ष रुपमा सहभागी रहनुका साथै शैक्षिक क्षेत्रमा सहयोग तथा समन्वय गर्ने, हरेक नेपालीलाई सीपमूलक तालिमको व्यवस्था गर्ने, संघमा कम्तिमा ५० प्रतिशत नेपाली सहभागी बनाउने, सूचना प्रवाहको लागि एनआरएनए एप बनाउनेलगायतका आफ्ना योजना रहेको उहाँले बताउनुभयो ।

संस्था सीमित व्यक्तिको हातमा नभएर विदेशमा रहेका हरेक नेपालीको साथमा रहनुपर्ने बताउँदै त्यहाँस्थित नेपालीहरूमा आपसी सद्भाव कायम गर्न नेपाली, भाषा, परम्परा संस्कृतिको संरक्षणमा लागिपर्नेसमेत बताउनुभयो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद (एनआरएनए) अमेरिकाको कूल नौ पदाधिकारीको लागि हुने सो निर्वाचनमा करिब दुई दर्जनको उम्मेदवारी रहेको छ । यस्तै परिषदको अमेरिका स्थित २९ ओटा राज्य च्याप्टरको लागि करिब चार सय जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार