लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य

काठमाडौं,
वैशाख १९ ।

लुम्बिनी प्रदेशमा आजबाट बोलाइएको विशेष अधिवेशन अन्त्य भएको छ । कामचलाउ मुख्यमन्त्रीको सिफारिसमा प्रदेशप्रमुखले धर्मनाथ यादवले अधिवेशन अन्त्य गर्नुभएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख यादवले आजै बैठक अन्त्यको गर्नुभएको हो ।

बैठक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, आजै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनी पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।

यसमा तपाइको मत

अन्य समाचार