फेसन डिजाइनर संघका अध्यक्ष दीपक न्यौपाने सम्मानित

काठमाडौं,
माघ ३० ।

नेपाल फेसन डिजाइनर संघका अध्यक्ष दीपक न्यौपाने सम्मानित हुनुभएको छ । आर के इन्टरटेनमेन्टको २० औँ वार्षिकोत्सवको अवसरमा न्यौपानेलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गर्नुभएको हो ।

नेपालमा नै पहिलो पटक फेशन सप्ताहको आयोजना गरि नेपालको फेसन क्षेत्रलाई विशवव्यापी बनाउन टेवा पुर्‍याएको भन्दै न्यौपानेलाई सम्मान गरिएको हो ।

सो सम्मानले आफूलाई नेपालमा फेसन र यस क्षेत्रको विसकाका लागि थप हौसला प्रदान गरेको न्यौपानेले बताउनुभयो । सो कार्यक्रममा फेसन इन्फ्लुएसर अवार्डबाट पोशाक महासंघका अध्यक्ष नवीन लुइटेल र फेसन डिजाइनर प्रेम शंकर देव समेत सम्मानित हुनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार