काठमाडौं,
माघ २४ ।
सिन्धुली जिल्लाका साँस्कृतिक कर्मिहरूको भेलाले जन साँस्कृतिक महासंघ सिन्धुली जिल्ला तदर्थ समिती गठन भएको छ । हरिकृष्ण श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य समिति गठन गरिएको हो ।
पाँच सदस्य सचिवालय समेत गठन गरिएको छ । सहसंयोजक, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश वीर बहादुर दुलाल, प्रशान्त सिन्धुलीय, समीर राई र बिजय लामा छन् ।
भेलाको अध्यक्षता जन साँस्कृतिक महासंघ बागमती प्रदेश इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य प्रेमनाथ अधिकारीले गरेका थिए भने भेला महासघका प्रदेश कमिटी सदस्य नारायण जर्गा र बिश्वमणि घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो ।






