थप १५९ जनामा कोरोना संक्रमण

काठमाडौं,
माघ १९ ।

सोमबार थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चार हजार १४५ जनाको पिसिआर परीक्षण गर्दा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ भने पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४८९ छ । यस्तै, थप २६४ जना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कुल संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३३ मा उक्लेको छ ।

पछिल्लो समय देशका विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा १५० जना उपचाररत छन् । १२८ जना आइसियु र २२ जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । प्रदेश १ मा दुई आइसियुमा, बागमती प्रदेशमा ३० आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र सात भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २८ आइसियु र तीन भेन्टिलेटरमा र कर्णाली प्रदेशमा एकजना आइसियु र एकजना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, सोमबार तेह्रथुममा एक, सुनसरीमा चार, बारामा एक, महोत्तरीमा एक, काठमाडौंमा ७०, काभ्रेमा पाँच, चितवनमा १६, धादिङमा एक, नुवाकोटमा पाँच, भक्तपुरमा पाँच, मकवानपुरमा एक, ललितपुरमा १०, कास्कीमा २१, गोरखामा दुई, तनहुँमा दुई, म्याग्दीमा एक, लमजुङमा दुई, बागलुङमा दुई, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, बाँकेमा दुई, रोल्पामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले उल्लेख गरेको छ । आइतबारसम्म दुई हजार २९ जना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार