लक्ष्मीको ‘आफ्नै नाम मन पर्‍यो’मा राजेश हमाल र नीता ढुंगाना (भिडियोसहित)

काठमाडौं,
पुस २६ ।

लक्ष्मी आचार्यको स्वरमा रहेको लोकगीत ‘आफ्नै नाम मन पर्‍यो’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसाहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका शब्दले भरिएको निकै मिठास पूर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको सङ्गीत छ ।

गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढुंगानाको साथमा गायिका लक्ष्मीकोसमेत अभिनय देख्न सकिन्छ । थुप्रै कोरससमेत प्रयोग गरिएको भिडियो गीतलाई सिगार्न सफल देखिन्छ ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।
यस अगाडिका हरेक गीत राम्रो र चर्चित दिन सफल गायिका लक्ष्मी केही पहिले गायक चक्र बमसँग सुदुर पश्चिमेली शैलीमा ‘भन् साली तेरी दिदी कहाँ छ’ बोलको गीत आएको थियो । जुन गीत अहिले निकै चर्चामा पुग्न सफल भएको छ । अहिले सार्वजनिक भएको ‘आफ्नै नाम मन पर्‍यो’ गीतले पनि चर्चा पाउने उनले आश लिएकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार