काठमाडौं,
पुस ३ ।
शुक्रबार थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थप ५७०६ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या नौ हजार ३१७ रहेको छ । यस्तै शुक्रबार १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या दुई लाख ४१ हजार ३९२ पुगेको छ ।
देशभर पछिल्लो समय पाँच हजार ८३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । नौ हजार ३१७ कुल सक्रिय संक्रमितमध्ये पाँच हजार ८३४ जना संक्रमित होम आइसोलेसनमा र बाँकी तीन हजार ४८३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
यस्तै ३३२ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । २८३ जना आइसियू र ४९ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा २३ आइसियू र चार भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियू र एकजना भेन्टिलेटरमा बागमती प्रदेशमा १०६ आइसियू र २६ भेन्टिलेटरमा, गण्डकीमा ७९ आइसियू र १० भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५० आइसियू र तीन भेन्टिलेटरमा, कर्णाली प्रदेशमा सात जना आइसियू र तीन जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा सात आइसियू र दुई जना भेन्टिलेटरमा छन् । यसअघि बिहीबार आइसियू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३३२ थियो ।
काठमाडौं उपत्यका शुक्रबार २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा नौ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन् । हालसम्म काठमाडौंमा मात्र ९४ हजार २७१, ललितपुरमा १४ हजार ७२३ र भक्तपुरमा आठ हजार ५९८ संक्रमित भएका छन् ।
यस्तै शुक्रबार उदयपुरमा एक, ओखलढुंगामा एक, खोटाङमा एक, झापामा आठ, ताप्लेजुङमा दुई, तेह्रथुममा एक, मोरङमा १३, संखुवासभामा दुई, सुनसरीमा १५, पर्सामा १२, बारामा पाँच, रौतहटमा दुई, सप्तरीमा तीन, सिरहामा तीन, सर्लाहीमा एक, काभ्रेमा १४, चितवनमा २०, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा १०, रामेछापमा दुई, कास्कीमा ५७, तनहुँमा सात, नवलपरासी पूर्वमा पाँच, पर्वतमा चार, म्याग्दीमा तीन, बागलुङमा दुई, स्याङ्जामा चार, अर्घाखाँचीमा एक, कपिलवस्तुमा चार, गुल्मीमा एक, दाङमा आठ, नवलपरासीमा आठ, पाल्पामा १४, प्यूठानमा दुई, बर्दियामा १५, बाँकेमा ३४, रुपन्देहीमा ३८, कालिकोटमा एक, जाजरकोटमा एक, जुम्लामा चार, डोल्पामा ६, दैलेखमा एक, सल्यानमा तीन, सुर्खेतमा नौ, अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा एक, दार्चुलामा दुई, बझाङमा ६ र बाजुरामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ७६५ पुगेको छ ।






