काठमाडौं,
मंसिर ५ ।
रेडियो काठमाडौं र डीएआर मुभिजको सहकार्यमा रेडियो काठमाडौंको कार्यक्रम ‘इन्द्रेणीको बसाईमा खोजी आवाजको’ पहिलो चरणको विजेता सुर्खेतका धीरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का हुनुभएको छ । लोकगीत, दोहोरी गाउने क्षमता भएकाहरूका लागि रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान सुरु गरिएको डीएआर मुभिजका सदस्य राजाराम गौतमले बताउनुभयो ।
विजेताहरूलाई एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डीएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले एक महिनाभित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिनुभयो ।
देशभरका एक सय भन्दा बढि रेडियो एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणी मार्फत देशभरका लोकगीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन ईन्द्रेणिका सञ्चालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गर्ने गर्नुभएको छ । खोजी आवाजको प्रतियोगीताको निर्णायकमा लोकदोहोरी गाएक तथा स्रष्टा घमेश दुलाल र प्रभावन जे रहनुभएको छ ।
पहिलो रेडियो अडिसनमा सीता मगर भोजपुर, धनराम परियार काठमाडौं, उपेश परियार दाङ, महेश दवाडी काठमाडौं, छिना गुरूङ भोजपुर र पृथ्वीराज बडुवाल साउदी अरेवियाबाट सहभागी हुनुभएको थियो । धनराम परियार र सीता मगर पहिलो अडिसनबाट छनौट हुनुभएको थियो । यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी हुनुभएको थियो । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट हुनुभएको थियो ।
त्यस्तै तेस्रो रेडियो अडिसनमा पूर्णकुमार तिवारी काठमाडौं, पवित्रा आले मगर काठमाडौं, नवीन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी हुनुभएको थियो । धिरेन्द्र सलामी मगर र पूर्णकुमार तिवारी अडिसनबाट छनौट हुनुभएको थियो । तीन अडिसनबाट ६ जना छानिनुभएको थियो । जसमा धनराम परियार, सीता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहनुभएको थियो । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी हुनुभएको हो ।






