काठमाडौं,
कार्तिक २८ ।
लिला गोम्देन राईको स्वरमा रहेको गीत ‘तिम्रो आखाँको…’ सार्वजनिक भएको छ । डिल्लीराम राईको शब्द तथा गंगाराज राईको सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रेमील जोडीहरूको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
जसबहादुर याक्खा जसुको निर्देशन र बुद्ध थापाको छायाँकन, सपकाश दाहालको सम्पादन रहेको भिडियोमा एलिसा राई र निरञ्जन प्रधानको फिचरिङ छन् ।






