राहुल गुप्ता
वीरगञ्ज,
आश्विन १६ ।
किर्ते परिक्षा सञ्चालन गर्ने दुई जना महिला सहित २७ जना पक्राउ । नेपाल प्रहरी तथा अनुसन्धान व्युरोले विभिन्न पदमा जागिर लगाईदिने भन्दै किर्ते परिक्षा सञ्चालन गर्ने दुई जना महिलासहित ६ परिक्षार्थीगरी २७ जना पक्राउ परेका छन् ।
नक्कली प्रहरी निरीक्षक बनेर महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टी प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा पर्सा प्रहरीले छापामारी गरि पक्राउ गरेको हो ।
गोप्य रुपमा यसरी परिक्षा सञ्चालन भईरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहारी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुको नेतृत्वमा खटिएको प्रहरीको टोलिले नक्कली प्रहरी निरीक्षकसहित परिक्षार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।






