काठमाडौं,
आश्विन १३ ।
बाग्लुङ जिल्ला, बिहुमा जन्मिनु भएका सर्जक दीपक कँडेल छोटो समयमै स्रोताको मन, मुटुमा बस्न सफल हुनुहुन्छ । उहाँ यतिवेला जापानको ब्यस्त शहरमा रहेर आफ्ना कर्मसँगै गीत सिर्जनामा पनि लागिरहनुभएको छ । सानै उमेरमा बैदेशिक रोजगारिमा निस्किनुभएका कँडेल पछिल्लो समयमा बजारमा आएका केही सफल गीतका सर्जक हुनुहुन्छ । ‘हिरा मोती’ नामक गीति एल्वम बजारमा ल्याएर चर्चा कमाउनुभएका कंडेलले सोही एल्बमकोे चर्चासँगै दुई दर्जन बढी गीत स्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।
‘हिरा मोती…’, ‘कठै मेरो जुनी…’, ‘पैसा…’, ‘केछ बिचार साली…’, ‘यस्तै छ बाबा…’, ‘टोकियोको रोधि घरैमा…’, ‘बानि चकचके…’, ‘मत हजुर बाग्लुङे…’,लगायत थुप्रै गीत मार्फत उहाँले चर्चा बटुल्न सफल हुनुभएको छ ।
उहाँको यसै हप्ता बजारमा आएको गीत ‘बाटो हेरी नरोउहै आमा…’ले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । सानैदेखि गीत भनेपछि हुरुक्क हुने दीपक जापान पुगेपछि कलाकारको सङ्गतले गीत, सङ्गीत प्रति अझ आकर्षित भएको बताउनुहुन्छ । ‘मलाई गीत सङ्गीतमा पाईला टेकाउने गुरु कृष्ण आचार्य दाजुसँग पहिलो सहकार्य ‘हिरा मोती’ गीतबाट भएको हो । र, अहिले पनि मलाई धेरै कुराहरू सिकाउदै आउनु भएको छ । उहाँकै सल्लाह, सुझावले गीत, सङ्गीतमा केही गर्ने जोश जागर चलेर आउने गर्छ । त्यस्तै जापानमा मलाई अत्यन्तै सपोर्ट गर्ने मित्र प्रेम सापकोटा सोनुको पनि साथ सपोर्ट मायाँ उत्तिकै पाएको छु । निकै चर्चा कमाएको गीत ‘कठै मेरो जुनिबाट…’ हाम्रो सहकार्य सुरु भएको थियो’, दीपक भन्नुहुन्छ ।
चौध बर्षको उमेरमा पढ्दा पढ्दै भारतीय बजारमा हान्निनु भएका कंडेल त्यहाँ सिकेको सिपलाई सदुपयोग गर्दै ६ बर्ष पहिले जापान जानुभएको थियो । जापानको रेष्टुरेन्टमा कुकको काम गर्दै आउनुभएका कँडेलले चलेका कलाकारको आवाजमा आफ्नो शब्दमा एल्बमहरू ल्याउनु भएको छ ।
मायाँ प्रेमका शब्दहरू समावेस गरेर बजारमा आउने गीतहरूले बजार तताईरहेको बेला उहाँको पछिल्लो सार्वजनिक गीत बैदेशिक रोजगारीमा गएका लाखौ नेपाली महामारीका कारणले गर्दा महान पर्वको बेलामा घर फर्कने अबस्ता छैन । हजारौ युवा बर्गहरूको पिडालाई समेटेर बनाईएको गीत हो, ‘बाटो हेरी नरोउ है आमा…’ जुन गीतले यतिबेला रामै्र चर्चा बटुली रहेका छ ।






