सौगातलाई लिएर नयाँ चलचित्रको निर्माणमा आकाश

काठमाडौं,
आश्विन ९ ।

निर्माता तथा निर्देशक आकाश अधिकारी नयाँ चलचित्रको निर्माणमा जुटनुभएको छ । अहिले नाम गोप्य राखिएको चलचित्रका लागि उहाँ यतिवेला कलकारको छनौटमा लागिरहनुभएको छ ।

द स्काई मुभिज प्रा.लि.को सातौं प्रस्तुतिको रुपमा निर्माण हुन लागेको चलचित्रमा सौगात मल्ल, रबिन्द्र झा, सुनिल कटुवाल, शिव श्रेष्ठ र आकाशकैसमेत मुख्य भूमिका रहने बताइएको छ । अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् । स्काई मुभिज आकाशकै फिल्म निर्माण ब्यानर हो ।

आकाश अधिकारीकै कथा, नवबिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती, सजल लोप्नको पटकथा सम्वाद, नमराज कृष्ण थापको छायाँकन रहने यो चलचित्रमा राजनराज शिवाकोटी र शिखर सन्तोषको सङ्गीत रहनेछ ।

चलचित्रका केही कलाकार र प्राबिधिक भने छनौटको क्रममा रहेका छन् । छिट्टै सबै युनिट पूरा भएपछि छायाँकन मितिसमेत तोक्ने तयारीरमा रहेको आकाशले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार