अवैध ३९ कार्टुन कुखुराको चल्ला र सवारी साधनसहित दुई जना नियन्त्रणमा

राहुल गुप्ता
वीरगञ्ज,
भाद्र २७ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अवैध ३९ कार्टुन कुखुराको चल्ला र सवारी साधन सहित दुई जना नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा शनिबार बिहान तीन बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बहुदरमाई नगरपालिका-२ नगरदाहमा बिन्दवासनी-३ झैवागुठ्ठीका ललन साह कानु र भारत बिहार पूर्वी चम्पारण महादेवाका नरेश यादवलाई नियन्त्रणमा लिएको हो ।

दुईवटा मोटरसाइकालमा अवैध रुपमा भारत रक्शौलबाट ल्याउदै गरेको कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई चल्ला र सवारी साधनसहित आवश्यक कार्वाहीको लागी जिल्ला पशु क्वारेन्टाईन सिर्सियामा पठाईएको पर्सा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार