सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १६ पुग्यो

काठमाडौं,
वैशाख २ ।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनामध्ये दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएको छ । सोमबार पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका तीन मध्ये दुई जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । एक जनाको रिपोर्ट आउन बाँकी छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब सङ्कलन गरिएको थियो । अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारी बस्दै आएका थिए ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परीक्षण आजैबाट सुरु गरिएको छ भने कोरोना सङ्क्रमितहरुको कन्ट्याक ट्रेसिङ सुरु भएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार