काठमाडौं,
चैत १९ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । बुधबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ । एलपी ग्याँसको हालको मूल्य भने यथावत छ। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ ।






