छेपेटारमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु

गोरखा,
माघ १७ ।

गोरखा नगरपालिका १० स्थित छेपेटारमा गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई आज ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि टिपर ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि आक्रोशित समूहले ठक्कर दिने टिपरमा आगो लगाएका छन् । साथै क्रसर उद्योगका अन्य टिपर र एक्साभेटरमा समेत तोडफोड गरिएको छ । स्थानीयले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् ।

यसमा तपाइको मत

अन्य समाचार