प्रतिनिधिसभाको सभामुखमा अग्नी सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं,
माघ १२ ।

प्रतिनिधिसभाको सभामुखमा अग्नी सापकोटा निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो । बैठकमा पूर्व सभामुख सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

नेम्वाङको प्रस्तावलाई नेकपा सांसद देव गुरुङ, राजपा सांसद लक्ष्मणलाल कर्ण र पूर्वसभामुख ओनसरी घर्तीले प्रतावको समर्थन गरेका थिए । सापकोटाको प्रतिस्पर्धामा अन्य कोही पनि सभामुख पदमा उम्मेदवार नभएकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरेका राजपा सांसद महन्थ ठाकुरले सापकोटा निर्वाचित भएको घोषणा गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार