कोदोको रोटी तथा ढिँडोका यस्ता छन् फाइदा

काठमाडौं,

नेपाली खानामा कोदोको परिकार विशेष हुने गर्दछ । कोदोको रोटी तथा ढिँडोका रुपमा कोदोलाई प्रयोग गर्ने गरिन्छ । अझ जाडोयाममा कोदोको ढिँडो धेरैको रोजाइ हुने गर्दछ । पछिल्लो समय चामल हाम्रो भान्सामा धेरै प्रयोग हुन थालेका कारण कोदो विस्थापित हुँदै गएको छ । पहिला चामक कम उत्पादन हुने भएकोले कोदोका परिकार धेरै खाइन्थ्यो ।

पछिल्लो समय गाउँ शहरमा कोदोको ढिँडो लोकप्रिय बन्न थालेको छ । शहरी क्षेत्रमा पनि होटल तथा रेस्टुरेन्टहरुमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायिक मानिन्छ ।

कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो स्रोत हो ।

त्यस्तै तौल घटाउन पनि कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्ने विज्ञहरु बताउँछन् ।

मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।

यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिदैन ।

मधुमेहका रोगीलाई पनि कोदोको परिकार लाभदायिक मानिन्छ भने कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे फाइँदा पुग्ने बताइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार