कपिलवस्तु,
पुष ६ ।
कपिलवस्तु स्थित आफ्नै घरमा बोलाएर कपिलवस्तु क्षेत्र नं ३का सांसद एवम् नेपाली काँग्रेसका नेता अभिशेष प्रताप शाहले गत चुनावमा राप्रपावाट कृष्णनगरका मेयरका उम्मेदवार एवम् भोजपुरी गायक तथा नेपाली चलचित्रका कलाकार श्याम मिश्रालाई टाउकोमा चोट लाग्ने गरी कुटपीट गरेका छन् ।
आफ्ना गाडीका चालक शशी कस्यपलाई बोलाउन पठाएपछि शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर सांसद शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् ।
मरणासन्न हुनेगरी कुटपीट पछि सांसद शाहका ड्राइवरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजार स्थित सडकमा ल्याएर छाडेका थिए । स्थानीयतले घाइते मिश्राको उद्धार गरी बहादुरगंज पठाएकोमा उनको गम्भिर अवस्था देखेपछि बुटवल रिफर गरिएको वताइएकोछ ।
कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जवराले मिश्राले सांसद शाह र उहाका ड्राइवरले कुटपीट गरेको भन्ने जानकारी प्रहरीमा दिएको वताए । ‘घाइतेको उपचारलाई पहिलो प्राथमिकता दिइएकाले पीडीत पक्षवाट निबेदन दिनेकाम नभएको जवराको भनाइछ । सांसद शाहलाई पीडितको निवेदन नआई संसद चलेका बेलामा सभामुखको अनुमति विना पक्राउ गर्न नमिल्ने भएकाले पक्राउ नगरिएको उपरीक्षक जवराले प्रष्टाए । सांसद शाहको ड्राइवर फरार रहेकाले पक्राउ गर्न नसकिएको उनले बताए । कृष्णनगरमा रहेका सांसद शाह टेलफोन सम्पर्कमा आउन चाहेनन् ।
गत स्थानिय निर्वाचनमा कृष्णनगर नगरपालीकाका मेयरका उमेद्वार रहेका उनी राप्रपा राष्ट्रवादीका केन्द्रिय सदस्य समेत रहेका छन् । श्यामले एक दर्जन भन्दा बढी नेपाली सिनेमामा अभिनय गरेका छन् भने भोजपुरी गीत, सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । (प्रेसपाटीबाट)






