धनुषा,
मंसिर २८ ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिकै बम विष्फोट हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालसहित ३ जनाको ज्यान गएको छ । उक्त विस्फोटमा परी अन्य ५ जना घाईते भएका छन् । विस्फोटमा परी कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।
महेन्द्रनगर बजार नजिकै रहेको कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी गम्भीर घाईते भएका प्रहरी निरीक्षक दाहालको शनिबार बिहान अस्पतालले मृत घोषणा गरेको हो ।
उक्त विस्फोट कसले र किन गराएको हो भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






