चित्रकलामा कुशल बस्ताकोटी

काठमाडौं,
असोज १० ।

चित्रकार कुशल बस्ताकोटी चित्रकलामा सक्रिय नाम हो । पोखराका बस्ताकोटी यतिबेला अमेरिकामा बस्दै आएका छन् । उनले अमेरिकाका बिभीन्न सहरहरुमा आफ्ना चित्रकलाहरु प्रदर्शन गरिसकेका छन् ।

हाल सम्म १५ भन्दा बढी ठाउँमा एकल चित्रकला प्रदर्शनी गरिसकेका नेपालको हालै एकल चित्रकला प्रदर्शननी सम्पन्न भएको छ । अमेरिकाको डयाल्स सम्पन्न भएको चित्रकला प्रदर्शनमा १०० भन्दा धेरै ब्याक्तिहरुले अबलोकन गरेका थिए ।

प्रदर्शनीमा चित्रकार बस्ताकोटीले बनाएका रङ्ग र दृश्यसँग समन्धित आर्टहरु प्रदर्शनी गरिएको थियो । यसअघि उनले आफ्ना चित्रहरुबाट तीन अवार्ड जितिसकेका छन् ।

बस्ताकोटीले विभिन्न देशमा आफ्नो चित्रकलालाई प्रदर्शन गर्दै आएका छन् । उनका चित्रकलामा नेपालका दृश्यहरु समेटिन्छन् । उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार