डा. डीआर उपाध्यायलाई मिलाप सम्मान

काठमाडौं ।
साउन ५ ।

नेपाली साङ्गीतिक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याएको भन्दै गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सम्मान गरिएको छ । मिलाप मासिकले राजधानीमा आयोजना गरेको कार्यक्रममा डा. उपाध्यायलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, मिलापका प्रकाशक तथा सम्पादक कृष्ण भुसाल र कार्यकारी सम्पादक गीता अधिकारीले उपाध्यायलाई सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

डा. डीआर उपाध्यायको साहित्यक व्यक्तित्वलाई उजागर गर्दै मिलापले गत मङ्सिर अङ्कमा उनको कभर स्टोरी बनाएको थियो । कार्यक्रममा डा. उपाध्यायलाई सो कभर पनि हस्तान्तरण गरिएको थियो ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता/दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार