काठमाडौं,
ज्येष्ठ ३ ।
हाम्रो संस्कृतिमा प्रत्येक शुभकार्य, धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रममा दीयो प्रज्वलित गर्ने परम्परा रहँदै आएको छ । तर, तपाईंलाई थाह छ दीयो प्रज्वलित किन गरिन्छ । हाम्रा पुर्वजहरुले आगोलाई अग्नीदेव भनेका छन् । यस्तो मान्यता छ कि अग्नीलाई साक्षी मानेर जो पनि कार्य गरिन्छ त्यो अवश्य सफल हुन्छ भन्ने ।
यो पनि हो कि हाम्रो शरीरको रचनाको सहायक तत्वमा एक अग्नि पनि हो । अग्निको पृथ्वीमा सूर्यको परिवर्तित रूप मानिन्छ । यस कारणर कुनै पनि देवी देवता को पूजा गर्दा समय ऊर्जालाई केन्द्रीभूत गर्नका लागि दीपक प्रज्ज्वलित गर्ने गरिन्छ ।
यसको पछि अर्को मान्यता के पनि छ कि प्रकाश ज्ञानको प्रतीक हो ।

परमात्मा प्रकाश र ज्ञान रूपमा सबैठाउँमा व्याप्त छ । ज्ञान प्राप्त गर्नाले अज्ञानरूपी मनोविकार टाढाँ भाग्छ र सांसारिक शूल मेटिन्छ ।
त्यसैले प्रकाशको पूजा नै परमात्माको पूजा मानिन्छ । मन्दिरमा आरती गर्ने समय दीयो बाल्नुको उद्देश्य पनि के हो भने प्रभू हम्रो मन र अज्ञानरूपी अन्धकार हटाएर ज्ञानरूपी प्रकाश फैलाउँनुहोस् ।






