काठमाडौ,
श्रावण २५ ।
देशभरका सिनेमाघरमा तीन चलचित्र पिरम पर्या छन्, टिनएज र कहीँकतै प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका हुन् ।
पुरन थापाको निर्माण र निर्देशनमा बनेको पिरिम पर्या छन्, उमा गिरीले सबिर श्रेष्ठको निर्देशनमा निर्माण गरेको कहीँकतै र नृत्यनिर्देशक दिनेश पाख्रिनको निर्माण र निर्देशनमा बनेको टिनएज रहेका छन् ।
चलचित्र पिरिम पर्या छन्मा दिलीप रायमाझी, जयकिसन बस्नेत, पुरन थापा, शुभेच्छा थापा, चाँदनी कोइराला, रमेश बुढाथोकी, शोभित बस्नेतलगायतले अभिनय गरेका छन् ।
त्यसैगरी, कहीँकतैमा दिलीप रायमाझी, किशोर खतिवडा, उमा बेबी, शिवानी गिरीलगायत कलाकारले अभिनय गरेका छन् । टिनएजमा भने नरेशवीर सिंह, प्रतीक्षा खड्कालगायत नयाँ कलाकारको बाहुल्य रहेको छ ।






